No ads found for this position

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ८:२०
No ads found for this position
गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो
corona
No ads found for this position

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् । त्यस्तै इस्मा गाउँपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् ।

रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए ।

१२ जना संक्रमित थपिएपछि गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १५७ पुगेको छ । २० जना कोरोना संक्रमितहरु भने डिस्चार्ज भएर घर फर्किसकेका छन् । गुल्मी जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी १ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५५९ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : २०७७ असार १२ गते ८:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI