No ads found for this position

गैंडाकोटमा होम क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना पोजेटिभ देखिए पछि घर सिल गरियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ९:०९
No ads found for this position
No ads found for this position

गैंडाकोट  । होम क्वारेनटाइनमा रहनुभएका गैडाकोट ५ का एक पुरुषमा संक्रमण देखिएपछि घरलाई सिल गरिएको छ । उहाँ दिल्लीबाट आएर होम क्वारेनटाइनमा वस्दै आउनुभएको थियो ।

एमडीको परीक्षा दिन भारतको दिल्ली गएर उहाँ फर्कनु भएको थियो । आफै चिकित्सा क्षत्रको व्यक्ति भएकाले व्यवस्थित होम क्वारेनटाइनमा वसेपनि परिवारका सवैको स्वाव संकलन गरी परीक्षण गर्न घर शिल गरिएको हो ।

अहिले स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल सहितको स्वास्थ्यकर्मीको टोली, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापा सहित घरमा पुग्नुभएको छ । उहाँहरुलाई घरभित्र रहन आग्रह गरिएको छ । सक्रमित पुरुषलाई रजहर स्थित आइसोलेसनमा लगिएको छ ।


प्रकाशित : २०७७ असार १२ गते ९:०९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI