हुप्सेकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि : जिल्लामा संक्रमितको संख्या २ सय १२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते १०:२४
हुप्सेकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि : जिल्लामा संक्रमितको संख्या २ सय १२ पुग्यो

कावासोती । नवलपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार काठमाडौ स्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं ३ का २६ र ४० वर्षीय २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित दुबै जना भारत बाट आएर सरस्वती मा बि को क्वारेन्टाइनमा बसेका थिए । यो सँगै संक्रमितको संख्या हुप्सेकोटमा ३४ र जिल्लामा २ सय १२ पुगेको छ ।

प्रकाशित : २०७७ असार १२ गते १०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI