विभिन्न बहानामा शुल्क लिन तथा विद्यार्थी भर्ना रोक्न माग गर्दै नेविसंघ मध्यविन्दुले बुझायो ज्ञापनपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते १८:४६

कावासोति । विभिन्न बहानामा नगरभित्रका केहि विद्यालय ले विद्यार्थी र अभिभावक सँग शुल्क लिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेविसंघ पालिका समन्वय समिति मध्यविन्दु नगरपालिकाले शुक्रबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ पालिका समन्वय समिति मध्यविन्दु नगरपालिकाका संयोजक जितु खडकाको नेतृत्वमा गएको टोलिले नगरप्रमुख चन्द्रबहादुर रानालाई ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले बुझाएको ज्ञापनपत्रमा कोरोना भाईरसलाई चुनौती दिदै पठनपाठन सन्चालन गर्ने तरिकाले भर्ना अभियान सन्चालन गरेको र विभिन्न बहानामा शुल्क लिने काम प्रती गम्भीर ध्यानाकर्षण भएको र तत्काल यस्ता कार्य रोक्नका लागि नगरप्रमुखलाई आग्रह गरिएको छ । तत्काल यस्ता कार्य नरोकिए नेविसंघ चरणबद्ध आन्दोलन उत्रिने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्ष लक्ष्मण रिजाल , जिल्ला सदस्य सृजना कंडेल , नेविसंघ मध्यविन्दु नगरका संयोजक जितु खडका, नेविसंघ हुप्सेकोट संयोजक हुमन पाण्डे , नेविसंघ मध्यविन्दु सहसंयोजक प्रिन्सि काफ्ले लगाएत नगरसमितीका नेविसंघका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

केही दिन देखि मध्यविन्दु नगरपालिकामा केही सामुदायिक र संस्थागत विद्यालयले विभिन्न बहानामा अभिभावक सँग शुल्क लिएको कुरा सामाजिक सन्जाल मार्फत बाहिर आए पछि यस्को चर्को विरोध हुँदै आएको छ ।

प्रकाशित : २०७७ असार १२ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI