No ads found for this position

‘सेक्सी’ उपाधिले फिल्म छाड्न वाध्य बनायो रियालाई:फोटोफिचर

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते २२:४७
No ads found for this position
No ads found for this position

मुम्बई । फाल्गुणी पाठकको गीत ‘याद पीया कि आने लगी…’ बोलको गीतमा मोडलिङ गरेपछि काफी चर्चा पाइन् रिया सेनले । यहि गीत रिलिजपछि उनको करिअरमा उपाधी थपियो बोल्ड, सेक्सी । केही दिन अघि एक अन्तरवार्ताका क्रममा उनले भनिन् ‘यहि उपाधीले मलाई बलिउड फिल्म छाडन वाध्य बनायो ।’

सन १९९८ मा उक्त गीतमा काम गर्दा उनी १६ वर्षकि थिइन् । स्कुल पढ्दै मोडलिङमा डेब्यु गरेकी रियाले सोही भिडियो रिलिजपछि यौन दुब्र्यबहार सामाना समेत गर्नु प-यो । त्यसपछि उनले भारतीराजको तमिल फिल्म ताज महलमा काम गरिन् । फिल्मले राम्रै चर्चा पाए पनि उपाधी झन घाँडो हुँदै गएको अनुभव गरिन् । ‘त्यसपछि मलाई स्कुल जानै अप्ठयारो हुन थाल्यो । मान्छेहरु बाटोमा जम्मा भएर हेर्न थाले ।’ रियाले भनेकी छिन् ‘त्यसपछि मैले निर्णय गरेँ फिल्ममा अभिनय नगर्ने ।’

अहिले बनिरहेका फर्मुला बलिउड फिल्मप्रति सन्तुष्ट छैनन् । ‘अहिले बनिरहेको फिल्म भन्दा म राम्रो गर्न सक्छु तर, म अहिले जहाँ छु त्यसैमा खुसी छु । फेरि अभिनयमा फर्केर दुःख बेसाउन चाहन्न ।’ उनले भनिन् ।

प्रकाशित : २०७७ असार १२ गते २२:४७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI