No ads found for this position

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १३ गते ११:०२
No ads found for this position
No ads found for this position
फाईल फोटो

चितवन :  चितवनमा शनिबार बिहान कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ आइसीयूमा शनिबार बिहान सात बजे कोरोनाका बिरामीको मृत्यु भएको भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकल कोर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए।


कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण  पुष्टि भएपछि बिहीबार  भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो  ।  

फोक्सोको क्यान्सर भएका  ती पुरुषको स्वास्थ्य अवस्था शुक्रबार देखि जटिल भएको  क्लिनिकल कोर्डिनेटर पौडेलले बताए।

प्रकाशित : २०७७ असार १३ गते ११:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI