शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १३ गते ११:४९
फाईल तस्बिर

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरे ।


उनीहरु दुईजनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए ।

शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । ‘शव व्यवस्थापन गर्ने बेला भारी वर्षा भएको हुँदा र्‍याल चुहिएर संक्रमण फैलिएको हुनसक्छ,’ सूचना अधिकारी पन्थीले भने ।

उनीहरु शुरुदेखि नै सुरक्षित तरिकाले आइसोलेसनमा बसेको हुँदा गणका अन्यलाई संक्रमणको कुनै जोखिम नरहेको गोरख दल गणका सेनानी मनोज डंगोलले बताए ।

प्रकाशित : २०७७ असार १३ गते ११:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI