रसुवामा पनि भेटियो कोरोना, नेपालका सबै जिल्लामा संक्रमित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १३ गते १७:२३

काठमाडौं— शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्। 

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

शनिबार देशभर ५५४ जना संक्रमित थपिएका छन्। देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ। मध्ये २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएका छन्।

प्रकाशित : २०७७ असार १३ गते १७:२३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI