उर्वशीको इन्टरनेसनल डेब्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १३ गते १८:४६

मुम्बई : आफ्नो हटनेस र बोल्डनेसका कारण चर्चित पूर्वब्युटी क्विन उर्वशी रौटेला अहिले फेरि चर्चाको शिखरमा छिन् । उर्वशीले फिल्म ‘ऐसलाडोस’ बाट आफ्नो अन्तर्राष्ट्रिय करिअर सुरु गरेकी छन् ।

उर्वशीले भनिन्, ‘यो एउटा फिल्मभन्दा पनि भारत मात्रै होइन पूरै एसियाको प्रतिनिधित्व गर्न पाउनु ठूलो सम्मान हो । म वास्तवमै आभारी र धन्य महशुस गरिरहेको छु कि म केबल भारत मात्रै होइन एसियाको प्रतिनिधित्व गर्न लागेको छु । यसरी प्रतिनिधित्व गर्ने एक मात्र कलाकार हुन पाउनु मेरा लागि सम्मानको विषय हो ।’

यो डकुमेन्ट्री फिल्ममा दुनियाभरको स्वास्थ्य संकटको विषय देखाइने छ । यसमा करिब ३० देशको यात्रा समेटिएको छ । यो डकुमेन्ट्री चार भागमा सिरिजको रूपमा उपलब्ध हुनेछ ।

‘ऐसलाडोस’ स्पेनिस, र अंग्रेजी भाषामा बन्ने लघु डकुमेन्ट्री हो जसको विषय स्वास्थ्यसँग जोडिएको छ । यसको निर्देशन लुसिटो कोमुनिका र जुआनपा जुरिताले गरेका छन् । डकुमेन्ट्री ३० देशमा स्पेनिस र अंग्रेजी भाषामा युट्युबमा रिलिज गरिने छ । -एजेन्सी

प्रकाशित : २०७७ असार १३ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI