संयुक्त राष्ट्रसंघको गाडीभित्र यौनसम्पर्क, सामाजिक सञ्जालमा भिडियो भाइरल

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १४ गते ०:५३

एजेन्सी । आफ्नो कार्यालयको गाडीमा दुई कर्मचारीले गरेको यौनलिलाको घटनाले ‘स्तब्ध र गहिरो तनाव’ सिर्जना गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।  ईजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारिक गाडीमा यस्तो घटना घटेको थियो । ट्वीटरमा राखिएको १८ सेकेन्ड लामो भिडियोमा  सेतो कारको पछाडिको सिटमा एक पूरुष देखिन्छन् र उनको उल्टोपट्टी रातो ड्रेस लगाएकी एक महिला चलायमान देखिन्छिन् । यी पूरुषले टिसर्ट र कट्टु मात्रै लगाएका छन् र कारको अगाडिपट्टीको सिटमा रहेका अर्का एक पुरुष निदाएजस्तो देखिन्छन् । यसपछि कारलाई सडकतर्फ लगिएको छ । 


यी कारमा बस्नेहरु जेरुसलेमस्थित शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघ ट्रस सुपरभिजन अर्गनाइजेशन (यूएनटीएसओ) का कर्मचारी रहेको विश्वास गरिएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसका प्रवक्ता स्टेफाने डुजारिकले यसलाई ‘स्तब्ध र गहिरो तनाव दिने घिनलाग्दो हर्कत’ भनेका छन् । उनले संयुक्त राष्ट्रसंघ जे विरुद्ध उभिएको छ, यो हर्कत ती सबै मर्म विपरीत रहेको जनाएका छन् । डुजारिकले यस विषयमा छानविन निकै चाडोें सकिने अपेक्षा रहेको र यो जोडी पहिचान पहिचान हुने क्रममा रहेको जनाएका छन् ।  

यसै साताको सुरुवातमा राष्ट्रसंघले यस भिडियोबारे जानकारी पाएको थियो र त्यतिबेला यो भिडियो कहाँ खिचिएको हो भन्ने विषय आफुलाई थाहा भएको जानकारी राष्ट्रसंघले दिएको थियो ।  ट्वीट प्रयोगकर्ताहरुले यस भिडियो हेरेपछि आफ्नो निराशा पोखेका छन् । त्यसमध्ये एक जनाले लेखेका छन्, ‘किन म आश्चर्यमा छैन ?’

यो भिडियो पोस्ट गर्ने क्यानेडेली महिला म्याटी मर्था (ट्वीटर प्रोफाइलमा उल्लेख भएअनुसार जो संयुक्त राष्ट्रसंघकी प्रो–फेमिली प्रतिनिधि’ हुन् ) । उनले यस भिडियोबारे ट्वीटमा लेखेकी छिन्, ‘म तपाई समक्ष प्रस्तुत गर्छु…..द यूएन ।’ यस भिडियो क्लिपबारे अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘ठूलो आश्चर्य होइन, हो र ?’

मेर्थाले प्रतिक्रिया दिएकी छिन्– ‘होइन । मैले यूएनको जागिर छाडेका व्यक्तिहरुबाट जे कथा सुनेको छु, त्यसो तुलनामा यो केवल बिचरो अवस्था थियो ।’ आफ्ना कर्मचारीबाट हुने यौन दुव्र्यवहारविरुद्ध संयुक्त राष्ट्रको नीति कडा भएपनि, नियम उल्लङ्घनको घटनाका कारण पछिल्ला वर्षहरुमा यस संस्थाको ठूलो आलोचना भएको छ । 

गत डिसेम्बरमा एक रिपोर्टले संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति कायम गर्न खटिएकाहरुसँगको सहवासमार्फत हैटीका महिलाले सयौं शिशु जन्मएको र त्यसपछि युवा आमाहरुसँग उनीहरुको सम्बन्ध विच्छेद भएको दाबी गरेको थियो । ती शिशुहरु जन्मिएपछि युवा आमाहरुलाई गरिबीमै छाडिएको टाइम्समा प्रकाशित रिपोर्टमा उल्लेख थियो । 

उरुग्वे, चिली, अर्जेन्टिना, क्यानेडा, फ्रान्सलगायत झन्डै १२ विभिन्न देशका सैनिकहरुले स्थानीय महिलालाई गर्भवती बनाएको रिपोर्टमा उल्लेख थियो ।  सहयोगका लागि खटिएका कामदारले एक दशक पहिलेदेखि शरणार्थीहरुलाई यौन सम्पर्कको साटो खानाको प्रस्ताव राखेको विषयमा पनि राष्ट्रसंघ जानकार रहेको समेत खुलासा भएको थियो ।

पश्चिम अफ्रिकी शरणार्थी शिविरहरुमा हुने ‘खानाका लागि यौन’ बारेको ८४ पृष्ठ लामो रिपोर्ट तयार गरेर २००२ मै संयुक्त राष्ट्रसंघलाई बुझाइएको थियो, तर त्यो कहिल्यै प्रकाशित भएन । यस रिपोर्टले ४० भन्दा बढी सहयोगी संस्थाका कामदार (जसमध्ये सेभ द चिल्ड्रेन र मेडिसिन्स सान्स फ्रन्टियर्ससहितका १५ वटा प्रमुख अन्तर्राष्ट्रिय च्यारिटी)ले युवा शरणार्थीहरुलाई यौन दमन गरेको दाबी गरेको थियो । श्रोतः डेली मेल

प्रकाशित : २०७७ असार १४ गते ०:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI