यौन दुर्व्यवहारको झुठो आरोप लगाउने महिलासँग दुई करोड क्षतीपूर्ती माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १४ गते १:०१

एजेन्सी । यौन दुर्व्यवहारको झुठो आरोप लगाउने दुईजना महिलासँग एक/एक करोड क्षतीपूर्ती माग गरिएको छ। क्यानेडियन गायक जस्टिन बिबरले आफूमाथि यौन दूर्व्यवहारको आरोप लगाउने दुई महिलासँग उक्त क्षतिपूर्ती माग गरेका हुन्।

आफूमाथि झुठो आरोप लगाएर मानहानी र बेइज्जती गरेको भन्द्यै बिबरले क्षतीपूर्ती माग गर्दै मुद्दा दायर गरेका छन्।

सन् २०१४ मा यौन दूर्व्यवहार गरेको भन्दै दुईजना महिलाले आरोप लगाएका थिए। आफूविरुद्ध लगाइएको आरोपमा सत्यता नभएको भन्दै कानूनी लडाईमा उत्रिएको बिबरले उल्लेख गरेका छन्। 

प्रकाशित : २०७७ असार १४ गते १:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI