विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८० हजार, ५ लाख १ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १४ गते ७:१७
corona

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ।

वर्ल्डोमिटरको पछिल्लो आईतबार बिहान सम्मको तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ८० हजार २ सय २४ पुगेको हो। मृत्यु हुनेको संख्या भने  ५ लाख १  हजार २ सय ६२ पुगेको छ। 

सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २५ लाख ९६ हजार ५ सय ३७ संक्रमित भएका छन् भने १ लाख २८ हजार १ सय ५२ को मृत्यु भएको छ।

यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १३ लाख १५ हजार ९ सय ४१ संक्रमित छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको छ। यस्तै, रुसमा ६ लाख २७ हजार ६ सय ४६ संक्रमित पुगेका छन् भने ८ हजार ९ सय ६९ को मृत्यु भएको छ।

भारतमा ५ लाख २९ हजार ५ सय ७७ संक्रमित पुगेका छन् भने १६ हजार १ सय ३ को मृत्यु भएको छ। बेलायतमा ३ लाख १० हजार २ सय ५० संक्रमित रहेका छन् भने ४३ हजार ५ सय १४ जनाको मृत्यु भएको छ।

विश्वभर हालसम्म ५४ लाख ५७ हजार ९ सय ४५ जना संक्रमित निको भएका छन्। त्यस्तै ५७ हजार ७ सय ४८ उच्च जोखिममा रहेको वर्ल्डोमिटरले जनाएको छ।

प्रकाशित : २०७७ असार १४ गते ७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI