विभिन्न बहानामा शुल्क नलिन र भर्ना रोक्न नेविसंघको माग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १४ गते १६:०६

कावासोति । जिल्ला भित्रका केहि विद्यालय ले विभिन्न बहानामा विद्यार्थी र अभिभावक सँग शुल्क लिएको प्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेविसंघ पालिका समन्वय समितिले कावासोती र गैंडाकोटमा आईतवार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छ्न

नेविसंघ पालिका समन्वय समिति कावासोती नगरपालिकाका संयोजक कृष्ण कंडेलको नेतृत्वमा गएको टोलिले नगरप्रमुख चन्द्राकुमारी पुनलाई ज्ञापनपत्र बुझाएको हो ।

त्यस्तै नेविसंघ पालिका समन्वय समिति गैंडाकोट नगरपालिका कि सहसंयोजक बिना सुवेदीकि नेतृत्वमा गएको टोलिले नगरप्रमुख छ्त्रराज पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

नेविसंघले बुझाएको ज्ञापनपत्रमा कोरोना भाईरसलाई चुनौती दिदै पठनपाठन सन्चालन गर्ने तरिकाले भर्ना अभियान सन्चालन गरेको र विभिन्न बहानामा शुल्क लिने काम प्रती गम्भीर ध्यानाकर्षण भएको र तत्काल यस्ता कार्य रोक्नका लागि नगरप्रमुखलाई आग्रह गरिएको छ । तत्काल यस्ता कार्य नरोकिए नेविसंघ चरणबद्ध आन्दोलन उत्रिने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघ पुर्व केन्द्रिय सदस्य आरसी भट्टराई , नेविसंघका नेता प्रकाश सापकोटा , नेविसंघ जिल्ला सचीव सुशील काफ्ले, जिल्ला सदस्यहरु श्याम बन, गणेश सापकोटा एवं दुबै पालिकाका नेविसंघका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

केही दिन देखि पुर्वी नवलपरासीमा केही सामुदायिक र संस्थागत विद्यालयले विभिन्न बहानामा अभिभावक सँग शुल्क लिएको कुरा सामाजिक सन्जाल मार्फत बाहिर आए पछि यस्को चर्को विरोध हुँदै आएको छ । यस अघि शुक्रवार नेविसंघ पालिका समन्वय समिति मध्यविन्दुले मध्यविन्दु नगरपालिकामा ज्ञापनपत्र बुझाईसकेको छ ।

प्रकाशित : २०७७ असार १४ गते १६:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI