रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते ६:२३

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राती रियल मड्रिडले एस्पान्योलमाथि १-० को जीत दर्ता गरेको छ। क्यासेमिरोको निर्णायक गोलमा जीतसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको हो।

रियलले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिन सफल रहयो। करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र ब्याकहिलमा दिएको पासलाई क्यासेमिरोले ६ यार्ड बक्सको भित्रबाट गोलमा परिणत गरे।

सोही गोल नै रियलका लागि निर्णायक सावित भयो। जीतसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ। रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ ।

प्रकाशित : २०७७ असार १५ गते ६:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI