नेपालमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या २९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते १७:१६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा रौतहटका ३० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 


श्वासप्रश्वासमा समस्या आएपछि स्टार अस्पताल सानेपामा भर्ना भएका थिए । 
उनको १३ गते स्वाब संकलनका लागि पठाइएको र सोही दिन उनको मृत्यु भएको थियो ।  उनको असार १४ गते कोरोना पोजेटिभ पुष्टि भएको जनाइएको छ । 


उनी विगत तीन महिनादेखि श्वासप्रश्वासको समस्याबाट ग्रसित भएको बताइएको छ । 
उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।  हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । 

प्रकाशित : २०७७ असार १५ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI