भारतमा टिकटक र विच्याट सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते २२:३७
भारतमा टिकटक र विच्याट सहित ५९ चिनियाँ  एपमा प्रतिबन्ध

काठमाडौँ — भारतले टिकटक र विच्याटलगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारत सरकारले एक सूचना जारी गर्दै यस्ता एपहरु भारतीय सार्वभौमसत्ता र सुरक्षाका लागि खतरा भएको जनाएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो ।


भारतको यो निर्णय लद्दाखमा चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भीडन्तमा २० भारतीय सैनिक मारिएको केही दिनपछि आएको छ । मोबाइल फोन र मोबाइल एपको निकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरुको प्रयोग निकै ठूलो मात्रामा हुने गरेको छ । भारतमा चिनियाँ सामान बहिष्कारको लहर बेलाबेला चल्ने गरेको छ । मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो । सोमबार प्रतिबन्ध लगाइएका सबै एप कुनै न कुनै रुपमा चीनसँग जोडिएका छन् ।- रोयटर्स

प्रकाशित : २०७७ असार १५ गते २२:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI