राष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङमा ए प्लस

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १६ गते ११:५०

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्स नेपालद्वारा गरिएको रेटिङमा ए प्लस प्राप्त गरेको छ। 

केयररेटिङमा ए प्लस पाउने वित्तीय संस्थाको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए।

राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी ५ अर्ब ४ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको थियो।  

हाल  बैंकको सातवटै प्रदेश, ७७ वटै जिल्लामा २ सय ४० वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ।

प्रकाशित : २०७७ असार १६ गते ११:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI