चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १६ गते १२:०२

चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ।

भरतपुरमा रहेको चितवन ग्रिन लायन्स क्लबले माडी ठोरी सडक अर्न्तगत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो। करीब १० लाखको लागतमा निर्माण हुन लागेको शौचालयको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब इन्टरनेशन ३२५ बि टु का सेकेण्ड भि.डी. जि . रामप्रसाद भट्ट, विशिष्ट अतिथी चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एवम क्लबका संस्थापक अध्यक्ष भोजबहादुर खड्काले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

तीन महिनामा सम्पन्न गरी राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिने कार्यक्रमका संयोजक एवम् क्लबका ईलेक्ट अध्यक्ष सुमन कोइरालाले बताए।

आधुनिक शौचालयमा छुटा छुटै तीन वटा कोठामा, अपाङ्गमैत्री एक वटा, महिलाहरुको लागि तीन वटा र पुरुषको लागि चार वटा युरिनल र एक वटा ट्वाईलेट रहने छ।

राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र निर्माण गर्न लागिएको बातावरण मैत्री उक्त आधुनिक शौचालयको भित्ताहरुमा बन्यजन्तु संरक्षण सम्बन्धी सुचनाहरुका लागि सुचनापाटी समेत राखिने क्लबका अध्यक्ष किशोर चन्द्र सापकोटाले बताए।

कार्यक्रममा बोल्दै प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भरतपुर हुँदै माडी जाने र माडीबाट भरतपुर आउने यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सवारी इन्ट्री गर्दा रोकिनु पर्ने परिस्थिती हुँदा उक्त ठाउँँमा शौचालयको अत्यन्त आवश्यक रहेको अवस्थामा क्लबले निर्माण गर्न लागेको आधुनिक शौचालयको महत्व बिशेष रहने बताए ।

त्यस्तै स्थापना काल देखीनै शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आईरहेको यस क्लबले सार्वजनिक शौचालयको निर्माण सुरु गरेकोमा कार्यक्रमका प्रमुख अतीथी रामप्रसाद भट्टले खुशी व्यक्त गर्दै शुभकामना दिए।

कार्यक्रममा निमित्त शिक्षा अधिक्रित प्रक्रिती संरक्षण शिक्षालय कसराका प्रमुख सेनानी चक्र बहादुर शाह, बटुक दल गण कसरा ब्यारेकका प्रमुख सेनानी अरुण श्रेष्ठ, चिफ एरिया कोअर्डिनेटर प्रकाश चन्द्र भट्टराइ, ईलेक्ट चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित जोन चियर पर्सन एवम् क्लबका पुर्व अध्यक्ष माधव रेग्मी, समाजसेवी श्री प्रसाद दवाडी, क्लबका पुर्व अध्यक्षहरु लगायत क्लबका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७७ असार १६ गते १२:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI