बलिउड स्टारका ७ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १६ गते १४:२४

एजेन्सी । भारतमा लक डाउन लम्बिन थालेपछि निर्माण भएका चलचित्रहरुलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालिएको छ । बलिउडका स्टार कलाकारको चलचित्रहरु नै डिजिटल माध्यमबाट रिलिज हुन थालेपछि प्रदर्शकलाई भने तनाव थपिएको छ ।


हलमा सय करोड भन्दा धेरै कमाई गर्न सक्ने चलचित्रहरुलाई पनि डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी थालिएको छ ।

सोमबार बलिउडका कलाकारहरुले भिडियोमार्फत आफ्ना चलचित्रको पोष्ट सार्वजनिक गरे । नायक बरुण धवनको संयोजकत्वमा नायकहरु अक्षय कुमार, अजय देवगण, अभिषेक बच्चन, नायिका आलिया भट्टले आफ्नो चलचित्रको पोष्टर सार्वजनिक गरे ।

नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब, अजय देवगण र नायक संजय दत्त अभिनित चलचित्र ‘भुज’, नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’, नायक अभिषेक बच्चन अभिनित चलचित्र ‘दि बिग बुल’ डिजिटल रिलिज हुने भएका छन् । यस्तै, चलचित्र ‘लुटकेस, खुदा हाफिज, दिल बेचरा’ पनि डिजिटल रिलिज हुने भएको छ । यी सातै वटा चलचित्र डिज्ने र हटस्टारबाट रिलिज हुने भएका छन् ।

जुलाइको २४ तारिखमा चलचित्र ‘दिल बेचरा’ रिलिज हुँदैछ । भिडियो कुराकानीमा नायक अक्षय कुमारले दुई दशक लामो करिअरमा आफू पहिलो पटक यति लामो समय घर बसेको बताए ।

प्रकाशित : २०७७ असार १६ गते १४:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI