नेपाल एयरलाइन्सका पाइलट लिम्बुलाई २ बर्ष उडानमा प्रतिबन्ध

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते ७:१३

नेपाल एयरलाइन्सको वाई-१२ जहाज उडान गर्ने पाइलट केबी लिम्बूलाई दुई वर्षसम्म उडानमा प्रतिबन्ध गरिएको छ। नेपाल एयरलाइन्स स्रोतमा अनुसार पाइलट केबी लिम्बूलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षसम्म उडान गर्न प्रतिबन्ध लगाइएको हो।

‘प्राधिकरणले लिम्बूलाई पहिलो एक वर्ष ग्राउन्डेड (सबै उडान प्रक्रियामा प्रतिबन्ध) गराएको हो,’ नेपाल एयरलाइन्स स्रोतले भन्यो, ‘थप एक वर्ष भने पाइलटको भूमिकामा उडान गर्न नपाउने गरी को-पाइलटको भूमिकामा मात्रै उडान गर्न पाउने गरी प्रतिबन्ध लगाइएको छ।’

पाइलट लिम्बूले नेपालगञ्ज विमानस्थलमा वाई-१२ जहाज अवतरणको क्रममा लापरबाही गरेको ठहर गर्दै प्राधिकरणले उडानमा प्रतिबन्ध लगाउने गरी निर्णय गरेको हो। सोही निर्णयको आधारमा नेपाल एयरलाइन्सले पनि पाइलट लिम्बूलाई जागिरबाट निकाल्ने तयारी गरेको छ।

नेपाल  एयरलाइन्समा लिम्बू करार पाइलटका रूपमा नियुक्ति लिएका थिए। पाइलट लिम्बूलाई हिसाबकिताबका लागि आउनसमेत पत्रचार गरिसकेको स्रोतको दाबी छ। 

पाइलट लिम्बूको कमान्डमा कोरोना परीक्षणका लागि संकलित स्वाब लिन गएका बेला नेपालगञ्ज विमानस्थलमा चैत १५ गते दुर्घटना भएको थियो। जहाज अवतरणका बेला लापरबाही गर्दै जहाज रनवेबाट चिप्लिएर घासे मैदानमा पुगको थियो। जहाज दुर्घटनामा मानवीय क्षति नभएपनि जहाज पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएको जहाज अहिले पनि नेपालगञ्ज विमानस्थलमै रहेका छ।

जहाज उडान गर्न नमिल्ने गरी क्षति भएको बताइएको छ। तर, पाइलट लिम्बूले यस्तो घटना सामान्य हो यसमा केही गल्ती नभएको भन्दै मिडियामा प्रतिक्रिया समेत दिएका थिए।

प्रकाशित : २०७७ असार १८ गते ७:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI