देशभरका बालबालिकालाई असार २२ र २३ गते भिटामिन खुवाइँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते ८:५९

काठमाडौं– सरकारले असार २२ र २३ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ। 

बालबालिकामा  हुन सक्ने  स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुइ चरणमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ।

कोभिड–१९ को संक्रमणपछि लकडाउन जारी रहेका कारण वैशाखमा खुवाउनु पर्ने भिटामिन ‘ए’ कार्यक्रम प्रभावित भएको थियो। 

नेपाल राष्ट्रिय  भिटामिन ‘ए’ कार्यक्रम  मार्फत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिका बहुसुक्ष्म पोषणतत्व बालभिटा खुवाउने कार्यक्रम रहेको छ। 

प्रकाशित : २०७७ असार १८ गते ८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI