नवलपुरमा थप १९ जनामा कोरोना संक्रमण : जिल्लामा संक्रमितको संख्या २ सय ५० पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते २१:५२

कावासोती । नवलपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कावासोती नगरपालिकाका ३ महिला र ११ पुरुष गरेर १४ जनामा र मध्यविन्दु नगरपालिकाका १ महिला र ४ पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यो सँगै जिल्लामा संक्रमितको संख्या २५० पुगेको छ ।

प्रकाशित : २०७७ असार १८ गते २१:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI