नेविसंघको नेतृत्व प्रति देउवाको आक्रोश – झगडा मात्रै गर्ने ? स्कुल कलेजमा कहाँ छ नेविसंघ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १९ गते १४:१७

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको नेतृत्व प्रति आक्रोश पोखेका छन् । गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले रत्नपार्कको शान्तिवाटीकामा आयोजना गरेको रक्तदान कार्यक्रमा सभापति देउवाले नेपाल विद्यार्थी संघमा हुने गरेको विवाद प्रति आक्रोश पोखे ।

उनले आफु नेविसंघको सभापति भएर नै मुलुकको चार चार पटक प्रधानमन्त्री भएको बताउदै अहिले कै अवस्थामा नेविसंघका नेता कार्याकर्ताले झगडा गरे प्रधानमन्त्री त के नेता पनि बन्न नसक्ने बताए । उनले नेपाल विद्यार्थी संघको नेतृत्व संगठन निर्माण भन्दा नेताहरुको घर घर धाउने अनि झगडा गर्ने काममा मात्र लागेको आरोप लगाए ।

उनले प्रश्न गरे, अहिले कहाँ छ ? नेविसंघ, जताजतै हराएको छ, स्कूल कजेज गाँउमा कहाँ छ नेविसंघ ? उनले नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई गाँउ गाँउ स्कूल स्कुल पुगेर संगठन गर्न समेत आग्रह गरे ।

प्रकाशित : २०७७ असार १९ गते १४:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI