नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १९ गते १६:४२

काठमाडौं- नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उच्चरक्तचाप र पार्किन्सनका ती बिरामीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको मृत्युको संख्या ३२ पुगेको छ। 

प्रकाशित : २०७७ असार १९ गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI