कालिका खेलकुद तथा सामाजिक प्रतिस्ठान नेपालमा पौडेल

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १९ गते १७:०१

अजय पौडेल/गैंडाकोट

गैडाकोट नगरपालिका वडा न ५,६ र ८का कालिका क्षेत्रमा रहेका युवाहरुको सामुहिक भेलाले सुमन पौडेलको अध्यक्षतामा १५ सदस्यीय कालिका खेलकुद तथा सामाजिक प्रतिस्ठान नेपाल गठन गरेको छ ।

प्रतिष्ठानको उपाध्यक्षमा हेमन्त पौडेल र सुजता आचार्य रहनुभएको छ भने सचिवमा बिराट सापकोटा त्यस्तै कोषाध्यक्षमा सुजन पौडेल र सह सचिवमा संयोग रेग्मी चयन हुनुभएको छ । भेलाले भानु तिमिल्सिना , जगत श्रेष्ठ , किरण सापकोटा , पबन सापकोटा , सुनिल रेग्मी , लक्ष्मण परियार, संगिता हमाललाइ सदस्यमा चयन गरेको छ ।


तारानाथ सुबेदीको अध्यक्षतामा सम्पन्न भएको भेलाले युवाहरुको सहभागिता गराइ सामाजिक, आर्थिक , सांस्कृतीक रुपान्तरणमा खेलकुदको माध्यमबाट युवाहरुको नेतृत्व र क्षमता बिकास गर्न संगठित संस्था सन्चालन गर्ने निर्णय गरेको छ । नवगठित संस्थालाइ गजेन्द्र बन र कुसुम सुबेदीले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । नबगठित संस्थालाई बैधानिकता प्रदान गरि रचानात्मक कार्य गर्ने सचिव बिराट सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ असार १९ गते १७:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI