नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५४९१

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते १६:५७
नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५४९१

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २३२ जनामा संक्रमण देखिएको हो।  आज थपिएका २३२ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ। 

कुल संक्रमितमध्ये ३४ जनाको मत्यु भएको छ। प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ असार २० गते १६:५७
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI