टिचिङमा उपचाररत ७५ बर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते १७:०३
टिचिङमा उपचाररत ७५ बर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
corona

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको थियो। उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

शनिबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएकाे जानकारी सार्वजनिक गरेको थियो। 

निर्देशनालयका अनुसार कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान ५:०५ बजे मृत्यु भएकाे हाे। कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनी असार १७ गते कतारबाट नेपाल फर्केका थिए।

यो सँगै नेपालमा ३४ कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ। 

प्रकाशित : २०७७ असार २० गते १७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI