कोरोनाबाट बच्न भन्दै सुनको मास्क

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते ५:२५

 कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै यतिखेर मास्कको ट्रेण्ड चलिरहेको छ । भाइरस संक्रमणबाट बच्नका लागि भन्दै मानिसहरूले अनौठा मास्कहरू बनाउन थालेका छन् । 

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएका छन् । भारतको पुणेका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ । 
पुनेमा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् । 


उनले बताएका छन्, मास्कमा साना साना प्वाल बनाइएकोछ, जसबाट स्वास प्रवाहका लागि समस्या हुँदैन ।  

प्रकाशित : २०७७ असार २१ गते ५:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI