जनताको स्वास्थ्य उपेक्षामा राख्दै, सत्ताको राजनीति उत्कर्षमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते ७:०६

स्वास्थ्य मन्त्रालयले गत १५ असारमा अबदेखि दैनिक १० देखि १५ हजारसम्म पिसिआर परीक्षण गर्ने घोषणा गर्‍यो । दायरा बढाउन केही ठाउँमा पिसिआर मेसिन जडान गरिए, केही निजी प्रयोगशालालाई पनि परीक्षण अनुमति दिइयो । तर, परीक्षणका लागि चाहिने अत्यावश्यक किट (भिटिएम, आरएनए एक्स्ट्र्याक्सन किट र पिसिआर रिएजेन्ट) भने पुर्‍याउन सकेको छैन । जसले गर्दा मन्त्रालयको घोषणाअनुसार परीक्षणको दायरा बढ्नुको सट्टा दिनदिनै साँघुरिँदै छ । 

मन्त्रालयले घोषणा गरेअनुसार परीक्षण गरिए स्वाब संकलन गर्ने भिटिएम एक दिनलाई पुग्ने मात्रै छ । पिसिआर रिएजेन्ट र आरएनए एक्स्ट्र्याक्सन किट भने ११ दिनलाई पुग्ने छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भिटिएम केन्द्रमा चार हजार पाँच सय ९२ र सातवटै प्रदेशमा नौ हजार पाँच सय ६७ गरी जम्मा १४ हजार एक सय ५९ मात्रै छ ।

त्यस्तै, पिसिआर रिएजेन्ट केन्द्रमा ९२ हजार तीन सय २४ र प्रदेशहरूमा १३ हजार सात सय ९६ गरी एक लाख ६ हजार २० छ । आरएनए एक्स्ट्र्याक्सन किट भने संघमा ९७ हजार दुई सय ७६ र प्रदेशहरूमा ६ हजार ६ सय १६ गरी एक लाख तीन हजार आठ सय ९२ मौज्दात छन् । यो शुक्रबारको तथ्यांक हो, शनिबारसम्म मौज्दात सामग्रीको परिमाण अझै घटेको छ ।

मन्त्रालयले परीक्षणको दायरा बढाउने घोषणा गरेको १५ असारमा अहिलेसम्मकै धेरै सात हजार सात हजार सात सय ९१ नमुना परीक्षण गरिएका थिए । त्यसयता शनिबारसम्म क्रमशः चार हजार सात सय ११, चार हजार आठ सय ८६, चार हजार पाँच सय ३७, चार हजार चार सय ८३ र चार हजार ५० नमुना परीक्षण गरिएका छन् । 

मौज्दात सबै सामग्री ओम सर्जिकल सप्लार्यसमार्फत खरिद गरिएका हुन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार उसले सबै सामग्री अझै दिएको छैन । भिटिएम २५ हजार मात्रै दिएको थियो ।

एक लाख ४५ हजार भिटिएम दिन बाँकी नै छ । स्रोतका अनुसार दुई दिनभित्र बाँकी सामग्री दिने प्रतिबद्धता उसले गरेको छ । त्यस्तै युनिसेफ र वल्र्ड बैंकले एक–दुई दिनभित्र पिसिआर परीक्षणका लागि चाहिने तीन लाख भिटिएम, पिसिआर रिएजेन्ट र आरएनए एक्स्ट्र्याक्सन किट उपलब्ध गराउने आश्वासन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पिपिई ५१ हजार आठ सय ४७, गमबुट, ४८ हजार चार सय ९०, गगल्स र फेस सिल्ड एक लाख ६८ हजार सात सय ३०, एन ९५ मास्क दुई लाख पाँच हजार तीन सय ७३, पन्जा नौ लाख ६४ हजार आठ सय ८५, गाउन सेट ६ लाख ७९ हजार नौ सय २८, सर्जिकल मास्क ३० लाख २७ हजार चार सय १८ र सुजकभर तीन लाख आठ हजार चार सय ३६ मौज्दात छ ।

प्रकाशित : २०७७ असार २१ गते ७:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI