No ads found for this position

बाग्लुङ्गको क्वारेन्टाईनमा रहेका २९ बर्षीय पुरूषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १२:०६
No ads found for this position
No ads found for this position
corona

क्वारेन्टिनमा बसेका बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ।

निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो।

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले जानकारी दिनुभयो।

लामो समयदेखि भारतमा बस्दै आएका वि.क मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।

उनको पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा मल्लले बताउनुभयो। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ।

प्रकाशित : २०७७ असार २१ गते १२:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI