महिनावारी सुक्ने बेलामा देखिने ९ लक्षण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १३:५५

रजोनिवृत्ति अथवा महिनावारी सुक्नु महिलामा हुने प्राकृतिक प्रक्रिया हो। यो त्यतिबेला हुन्छ, जब महिलालाई लगातार १२ महिनाको अवधिसम्म महिनावारी हुँदैन।

यो प्राकृतिक प्रक्रिया भए तापनि सर्जरी, रेडिएसन थेरापी अथवा केमोथेरापी जस्ता उपचारहरुको कारणले पनि हुनसक्छ। प्रायः यो महिलामा ४५–५५ वर्ष उमेरमा सुरु हुने गर्छ।

महिनावारी सुक्ने बेलामा धेरै महिलामा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन्। यसको बारेमा पूर्ण ज्ञान अर्थात् जानकारीले समस्या सम्बन्धी चिन्ता र बोझ कम गर्न मद्दत गर्छ।

महिलामा एस्ट्रोजन भन्ने हर्मोन पाइन्छ। यो यस्तो हर्मोन हो, जुन महिलाको डिम्बासयले उत्पादन गर्छ। उमेर बढेसँगै एस्ट्रोजनको उत्पादनमा कमी हुँदै जान्छ र महिनावारी सुक्ने लक्षणहरु देखा पर्न थाल्छन्।

यसका लक्षणहरु पीडादायक हुन सक्छन्। तर प्रायः समयको साथै सुधार हुँदै जान्छ।

लक्षण 
–    महिनावारी चक्रमा परिर्वतन 

–    निद्रामा समस्या 

–    मुड परिवर्तन 

–    शरीर तात्ने, गर्मी महसुस हुने र पसिना आउने 

–    टाउको दुख्ने 

–    चिन्तित हुने 

–    योनीमा सुख्खापन

–    यौन इच्छामा कमी हुने/पीडादायक सम्भोग 

–    छाला र कपालमा सुख्खापन 

निराकरण 
–    पसिना सोस्ने सुतीको खुकुलो सजिलो कपडा लगाउने।

–    कोठा र शरीरलाई शीतल बनाएर राख्ने।

–    गर्मीमा हलुका खाना खाने।

–    हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्ने। 

–    तनाव घटाउने, आराम गर्ने, योग, ध्यान गर्ने।

–    नियमित एउटै समयमा सुत्ने र उठ्ने।

–    मुड फ्रेस राख्न मन पर्ने सामाजिक, परिवारिक गतिविधिहरुमा सहभागी हुने। 

–    आवश्यक परे परामर्श सेवा लिने। 

–    छाला÷कपाल धेरै सुख्ख भए, स्वास्थ्यकर्मीसँग सल्लाह गर्ने। 

–    योनीको सुख्खापन वा यौन समस्या समाधानका लागि सम्बन्धित चिकित्सकसँग सल्लाह गर्ने। 

–    महिलाले प्रत्येक महिना स्वयं स्तन जाँच गर्नुपर्छ। जसले समयमै स्तन क्यान्सर पत्ता  लगाउन मद्दत गर्छ। 

–    ३० वर्ष पुगिसकेका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गर्नुपर्छ। 

–    क्याल्सियमको मात्रा पनि समयसमयमा हेर्नुपर्छ किनभने उमेर बढेसँगै क्याल्सियमको मात्रा कम हुँदै जान्छ र हड्डी कमजोर बनाउँछ।

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI