नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५७८४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १६:२७
corona
corona

नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २९३ जनामा संक्रमण देखिएको हो।  आज थपिएका २९३ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप १३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६५४७ पुगेको छ। 

कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ असार २१ गते १६:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI