No ads found for this position

जम्मु-कास्मिर जोगाउन भारतद्वारा नेपालीलाई कास्मिरमा स्थायी बसोबास अनुमतिपत्र दिन सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १६:४२
No ads found for this position
No ads found for this position

नयाँ दिल्ली । भारतको जम्मु-कास्मिर प्रशासनले नेपाली गोर्खा र नेपाली भाषी भारतीय गोर्खालाई जम्मु-कास्मिरमा बसोबास अनुमति दिन सुरु गरेको छ । विभिन्न सेवा, सुविधासहित कास्मिरमा गोर्खालाई बसोबासका लागि प्रोत्साहन गरिरहेको छ ।

टाइम्स अफ इण्डियाले एकहप्तादेखिको आवास अनुमित पत्र लिनेहरु धेरैजसो नेपाली गोर्खा र भारतीय गोर्खा रहेका जनाएको छ । अहिलेसम्म ६ हजार ६ सय परिवारका लागि आवास अनुमति पत्र जारि गरिसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुमति लिनेहरुमध्ये भारतीय सैनिकबाट सेवा निवृत्त र सरकारी सेवाबाट अवकास प्राप्तहरु रहेका छन् । केही गोर्खा आर्मीमा कार्यरतहरुले पनि स्थायी आवेदन दिएका छन् ।

भारतले जम्मु र कास्मिरका बासिन्दालाई अल्पमतमा पार्ने तथा सुरक्षा रणनीति अन्तरगत त्यहाँ पूर्व सैनिकहरुलाई बसोबासका लागि प्रोत्साहन गरिरहेको छ । नेपालले भारतसँगको सीमा क्षेत्रमा पहिले पुनर्वास कार्यक्रम सञ्चालन गरे जस्तै भारतले जम्मु कास्मिर क्षेत्रमा पुनर्वास जस्तै कार्यक्रम सुरु गरेको छ ।

जम्मु कास्मिरको विशेषाधिकार खारेज गरेपछि त्यहाँ अन्य राज्यका बासिन्दाले बसोबास र रोजगारकिा लागि अनुमति पाएका थिए । राजश्व विभागका एक अधिकारी विजय कुमार शर्माले ६ हजार ६ सय प्रमाणपत्र जारी गरिसकिएको बताएका छन् ।

अहिलेसम्म त्यहाँ ३३ हजार भन्दा धेरैले आवेदन दिएका छन् । जम्मु कास्मिरमा १ सय ५० वर्षदेखि गोर्खा समुदायको बसोबास रहेको भन्दै भारतका विभिन्न ठाउँबाट पनि गोर्खाहरु त्यहाँ पुगेका छन् ।

नेपाली मुलका प्रेमबहादुरले स्थायी बसोबासको प्रमाणपत्र प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् । उनी गोर्खा राइफल्समा हवल्दार पदबाट निवृत्त भएका थिए । उनको परिवार त्यहाँका राजा हरि सिंहको सेनामा काम गरेको थियो । लामो समयदेखि त्यहाँ बसेपनि अब बल्ल उनका सन्तानले सरकारी सेवामा आवेदन दिन पाउने भएका छन् ।

भारत सरकारको यो कदमलाई स्थानीयले भने आफूहरुलाई अल्पमतमा पार्ने प्रयासका रुपमा लिएका छन् ।

प्रकाशित : २०७७ असार २१ गते १६:४२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI