फेसबुक लाईभ गरेर भरतपुरमा १९ वर्षीय युवतीद्वारा आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १७:२३

चितवन-केही दिनअघि फेसबुक लाइभ गरेर दाङमा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै भरतपुरमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा हिजो (शनिबार) ९ः४५ बजे एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कोठा भाडामा लिएर बसेकी १९ बर्षिय विद्या पाण्डेले फेसबुकमै लाइभ गरेर आत्महत्या गरेकी हुन् । उनको स्थाइ ठेगाना भरतपुर २४ रहेको प्रहरीले जनाएको छ ।

उनीसँग अन्य दुईजना युवती पनि बस्ने गरेकोमा उनीहरु कोठा बाहिर रहेको अवस्थामा भित्र पसेर लाइभ गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ । मृतकको कोठाबाट लागूऔषध सिरिन्ज बरामद गरिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका इनिस्पेक्टर सुभाष भट्टले जानकारी दिए । दुई वर्ष अगाडि चितवनको कालिका नगरपालिका वडा नम्बर ७ सगुन टोलस्थित एक युवाले पनि फेसबुक लाइभ गरेर आत्महत्या गरेका थिए ।

प्रकाशित : २०७७ असार २१ गते १७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI