No ads found for this position

नवलपुरका ५१ जना कोरोना जितेर घर फर्किए

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते १८:३८
No ads found for this position
No ads found for this position

कावासोती । नवलपुरका ५१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएर आईतवार डिस्चार्ज भएका छ्न ।

नवलपुरको रजहर स्थित प्राकृतिक चिकित्सालयमा रहेको कोरोना अस्थायी अस्पतालबाट ४९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले बताए ।

रजहरबाट डिस्चार्ज हुनेहरुमा र गैंडाकोटका २ जना, हुप्सेकोटका २ जना, बिनयीत्रिबेणीका ३ जना, मध्यबिन्दुका १७ जना, देबचुलीका १ जना, बौदीकालीका २२ जना, बुलिङटारका १ जना र देबघाटका १ जना रहेका पौडेलले बताए ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत रहेका गैंडाकोटका २ जना पनि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिएका छ्न ।

यो सहित जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ सय ६ पुगेको छ ।

प्रकाशित : २०७७ असार २१ गते १८:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI