अन्डरवर्ल्ड डन दाउदका कारण नायिकाको डुब्यो करियर, यस्तो छ कथा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २१ गते २०:३२

काठमाडौं । सन् १९८५ जुलाई २५ मा रिलिज भएको फिल्म ‘राम तेरी गंगा मैली’मा राजीव कपूरको नायिकामा मन्दाकिनी थिइन् । मन्दाकिनीको वास्तविक नाम यास्मीन जोसेफ हो। मन्दाकिनीको जन्म ३० जुलाई १९६३ मा मेरठ, यूपीमा भएको थियो।

‘राम तेरी गंगा मैली’ मा गंगाको भूमिकाको लागि राज कपूर पहिलो रोजाइ भने उनी थिइनन् । राज कपूरले यसअघि संजना कपूरलाई उक्त फिल्ममा मौका दिने योजना बनाएका थिए । पछि गंगाको भूमिकाका लागि डिम्पल कपाडियाको पनि स्क्रिन टेस्ट गरिएको थियो ।

अन्तिममा यो भूमिका मेरठमा बस्ने यास्मीन जोसेफ अर्थात् मन्दाकिनीको पोल्टामा आएको थियो । फिल्म ‘राम तेरी गंगा मैली’ हिट भयो । यसैबाट मन्दाकिनी रातारात चर्चामा आइन् ।  तर रातारात फिल्मबाट चर्चामा आएकी मन्दाकिनी त्यसैगरी गायब भइन् । उनी फिल्मबाट टाढा छिन् ।

फिल्ममा झर्नामुनि सेतो कपडा कपडा लगाएर भिजेको मन्दाकिनीको सिन निकै चर्चित भएको थियो । २२ वर्षकी मन्दाकिनीले पर्दामा बोल्ड सिन दिएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । फिल्मलाई अश्लिल बताइए पनि यो फिल्मका लागि उनलाई फिल्मफेयर अवार्ड्समा बेस्ट एक्ट्रेसको मनोनयन पनि मिलेको थियो । ती दिनहरूमा राज कपूरको फिल्मको एक हिस्सा हुन पाउनु पनि गौरवको कुरा मानिन्थ्यो। मन्दाकिनीले साडी लगाएको र पानीमा नुहाउने दृश्यको कडा विरोध गरियो, तर पनि फिल्म सुपरहिट साबित भयो।

मानिसहरु फिल्मको नाममा निकै क्रोधित थिए र रिलीजको शुरूदेखि नै एक प्रकारको हंगामा चलिरहे। जुन समयमा यो फिल्म आयो, सो समय फिल्महरूमा त्यस्ता दृश्यहरू दिनु एक ठूलो कुरा मानिन्थ्यो।

सन् १९९४–९५ मा मन्दाकिनी दुबईको शारजाहमा भारत–पाकिस्तानको क्रिकेट खेल चलिरहेको अवस्थामा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको साथमा देखिएकी थिइन् । दुईबीचको तस्वीर र केही कहानीले चर्चा पनि बटुल्यो । तर, मन्दाकिनीले भने सधैं यसलाई अस्वीकार गरिन् । मन्दाकिनीको करियर सन् १९९६ मा आएको फिल्म जोरदारसँगै सकियो ।

यो पनि भनिन्छ कि दाऊउदको कारण मन्दाकिनीलाई धेरै फिल्महरूमा अभिनय गर्न दिइएको थियो। बदनाम भएपछि काम पाउन छोडेको सो समय उनी माथि आरोप पनि लगाइएको थियो ।

यसपछि मन्दाकिनीले फेरि गीत गाउन थालिन्। दुई एल्बमहरू निकालिन् तर बिकेनन् । यद्यपि मन्दाकिनीको विवाह १९९० मा डा कागीयुर टी रिन्पोचे ठाकुरसँग भइसकेको थियो। तर जब दाउदसँगको तस्वीर बाहिरियो, मानिसहरूले हल्ला गर्न थाले।

फिल्ममा मन्दाकिनीले गंगा नामको पहाडी केटीको भूमिका खेलेकी थिइन् जो शहरी केटालाई माया गर्छिन्। यो फिल्म गंगाले आफ्नो प्रेम पाउनको लागि कुन समस्याबाट गुज्र्यो भन्नेमा आधारित थियो।

चलचित्र रिलिज भएसँगै नीलो आँखा भएकी अभिनेत्रीले तत्काल उचाइ बढ्यो, तर अचानक उनी पर्दाबाट गायब भइन्, कसैले पनि थाहा पाएनन् । अहिले मन्दाकिनी र उनका पति मुम्बईमा तिब्बती जडिबुटी केन्द्र चलाउँछन्। यस बाहेक मन्दाकिनी तिब्बत योग पनि सिकाउँछिन्।

प्रकाशित : २०७७ असार २१ गते २०:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI