विश्वभर १ करोड १५ लाख ५० हजारमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते ७:१५
corona

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ। वर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १५ लाख ५० हजार ५ सय ४२ पुगेको हो।

संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ४ सय ४५ पुगेको छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ८२ हजार ९ सय २८ संक्रमित पुगेका छन् भने १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा १६ लाख ४ हजार ५ सय ८५ संक्रमित र ६४ हजार ९०० को मृत्यु, रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित र १० हजार १ सय ६१ को मृत्यु भएको छ।

भारतमा हालसम्म ६ लाख ९७ हजार ८ सय ३६ मा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ हजार ७ सय जनाको मृत्यु भएको छ। 

विश्वभर हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६५ लाख ३१ हजार १ सय ७ पुगेको वर्ल्डोमिटरले जनाएको छ। 

प्रकाशित : २०७७ असार २२ गते ७:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI