नवलपुरमा थप एक जनामा कोरोना संक्रमण: जिल्लामा संक्रमितको संख्या २ सय ५८ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते १४:२०

कावासोती । नवलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको विनयी त्रिवेणि गाउँपालिका वडा नं ७ का २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको विनयी त्रिवेणि गाउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हेटौंडा स्थित प्रयोगशालामा पठाईएको २४ वटा नमूना मध्ये २३ जनाको नेगेटिभ र एक जनामा पोजिटिभ आएको हो ।

संक्रमित पुरुष गत असार ६ गते भारतको हैदराबाद बाट सुस्ता गाउँपालिका-५ को वौहार नाका हुँदै आफनै सवारी साधनमा आई नारायणी गण्डकी साधारण तथा संस्कृत मा.बिको क्वारेन्टाइनमा बसेका थिए ।

यो सँगै संक्रमितको संख्या विनयी त्रिवेणिमा १९ जना र जिल्लामा २५८ पुगेको छ ।

प्रकाशित : २०७७ असार २२ गते १४:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI