नेपाली कांग्रेसबाट गुल्मीकी सुवर्ण ज्वारचन प्रतिनिधीसभाको सांसद बन्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २३ गते ६:४९

नेपाली कांग्रेसले सुवर्ण ज्वारचनलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले समानुपातिक तर्फबाट रिक्त रहेको एक पदमा ज्वारचनलाई पठाउने निर्णय गरेको हो।

गत बुधबार निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको स्थानमा ज्वारचनलाई पठाउने निर्णय भएको केन्द्रीय सदस्य डीला संग्रौलाले जानकारी दिइन्। 

निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूचीको क्रममा छन्त्यालपछि ज्वारचनको नाम थियो। समानुपातिक जनजाति/महिला कोटाबाट उनी छानिएकी हुन्।

गुल्मी निवासी ज्वारचन पुष्पकमल दाहालको दोश्रो सरकारको बेला कांग्रेसको तर्फबाट सहरी विकास राज्यमन्त्री थिइन्।

प्रकाशित : २०७७ असार २३ गते ६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI