No ads found for this position

गंगालालमा भर्ना भएका सात जनामा कोरोना पुष्टि, आकस्मिक बाहेकका सेवा स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २३ गते १२:१०
No ads found for this position
No ads found for this position

काठमाडौं- अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु स्थगित गरेको छ।

केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ।

कति बिरामीमा कोरोना पुष्टि भएको बारे अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले खुलाउन चाहेनन्। यद्यपि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए। 

प्रकाशित : २०७७ असार २३ गते १२:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI