नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा वान–टु–वान वार्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २३ गते १२:१९
फाईल तस्बिर

काठमाडौं, असार २३ गते । पार्टी भित्र देखिएको विवाद अन्त्य गर्न सक्रिय रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान बार्ता शुरुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बार्तामा सहमतिको विभिन्न विकल्पमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सोमबार बसेको वान टु वान बार्ता सकारात्मक बनेपछि आजको बार्ता थप उपलब्धी हुने विश्वास नेताहरुले गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार बार्तामा कोही सहयोगी नेताको उपस्थिति छैन । दुई अध्यक्षबीचको बार्ता साढे ११ बजे शुरुभएको हो । भोलि बुधबार ११ बजे स्थायी कमिटीको बैठक आव्हान गरिएकाले पनि आजसम्म दुई अध्यक्षबीच केही न केही सैद्धान्तिक विषयमा सहमति बन्ने विश्वास नेकपाका नेताहरुको छ । 

प्रकाशित : २०७७ असार २३ गते १२:१९
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI