No ads found for this position

नेपाल प्रहरीको आईजिपीमा शैलेश थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २३ गते १९:०४
No ads found for this position
No ads found for this position

काठमाडौं । एआईजी शैलेश थापा क्षत्रीलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । थापा प्रहरी फोर्सको २८ औं महानिरीक्षक हुन्। हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

महानिरीक्षकका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकको नियुक्तिका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यवसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतको परिचय बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । थापासँग सचिवालयमा बसेर काम गरेको अनुभव पनि छ। थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनी मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन्।

प्रकाशित : २०७७ असार २३ गते १९:०४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI