बोरामा बाधेर फालिएको बेवारिसे शबको पहिचान

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २३ गते १९:२८

चितवन । बोरामा बाँधेर फालिएको बेवारिसे शवको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मैयाँदेवी कन्या क्याम्पस अगाडि चितवन माविको खाली जग्गाको झाडीमा मृत अवस्थामा भेटिएको शव भरतपुर महानगरपालिका वडा नम्बर २१ शिवनगरका ४१ वर्षका राजकुमार गुरुङको हो । 

गुरुङ भरतपुर–नारायणगढ क्षेत्रमा ठेलामा माछा बेच्ने काम गर्दै आएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको थापाले जानकारी दिए ।

प्रकाशित : २०७७ असार २३ गते १९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI