No ads found for this position

गाडी बनाएर देखाएपछि वडाले दियो नगद पुरस्कार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २३ गते २०:३१
No ads found for this position
No ads found for this position

हरि सुवेदी,गैडाकोट

गैडाकोट नगरपालिका वडा नं ६ का वीर वहादुर विकलाई वडाले २० हजार पुरस्कार दिएको छ । शिवनगर टोल बिकासमा वस्ने उहाँले आफ्नै परिश्रममा सानो चार चक्के गाडी वनाई चलाएर समेत देखाएपछि वडाले थप हौसला प्रदान गर्न पुरस्कार दिएको वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

पेशाले काठ मिस्त्री विकले फुर्सदको समय निकाली गाडी वनाएर देखाइ दिनुभएको हो । दैनिक सिकर्मी गरेर परिवार पाल्दै आउनुभएको उहाँले विभिन्न भगवानका मुर्ति समेत बनाउने गर्नुहुन्छ । करिब एक डेड वर्ष लगाएर सानो चार चक्के गाडीमा ५ देखि ६ जना वस्न मिल्ने विकले बताउनुभयो ।

उहाँकै मेहनत देखेर वडा सदस्य पवित्रा अधिकारीले व्यक्तिगत ५ हजार नगदनै दिनुभएको छ । कार्यक्रममा नेकपाका वडा अध्यक्ष नारायण प्रसाद सापकोटा र नेपाली काँग्रेसका वडा सभापति हिमलाल सापकोटालगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७७ असार २३ गते २०:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI