मुल्यवृद्धिको बिरोधमा निगमका महाप्रबन्धकलाई नेविसंघले बुझायो ७ बुँदे ज्ञापन पत्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २४ गते २१:११

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  कोभिड-१९ को महामारीको समय  पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्यवृद्धिको बिरोधमा ध्यानाकर्षण जनाउदै नेपाल आयल निगम लिमिटेडका महाप्रबन्धकलाई  ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष राजिव ढुङ्गानाको नेतृत्वमा गएको नेविसंघले  निगमका महाप्रबन्धकलाई बन्दाबन्दीको कारण आम उपभोक्ताको जन जिवन अत्यन्त कष्टकर बन्दै गएको अवस्थामा अत्यावश्यकिय उपयोग्य वस्तुमा मुल्यवृद्धि हुनु आपत्ति भएको बताएको थियो । 

बजारमा व्याप्त चरम मुल्यवृद्धि नियन्त्रण गर्नुको सट्टा महामारीको चपेटामा रहेका जनतालाई करको बोझ बोकाउने, कर तथा विभिन्न महसुल थोपर्ने र आमनागरीकको जिवनयापन सहज बनाउने कर्तव्यबाट च्यूत र विमुख बन्दै गएको सरकारको जन विरोधी कृयाकलापको पछिल्लो कडिको रुपमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि भएको नेविसंघको ठहर छ ।

बर्तमान परिप्रेक्षमा हाल गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्नुको विकल्प छैन, ‘महामन्त्री दिपक भट्टराईले भने । अन्यथा जनता मार्ने निर्णयका विरुद्ध नेपाल विद्यार्थी संघ कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्रकाशित : २०७७ असार २४ गते २१:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI