No ads found for this position

आगामी चार दिनसम्म यो बर्षकै उच्च पानी पर्ने, सावधान रहन सबैमा आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते १०:२३
No ads found for this position
No ads found for this position

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज कोसी, बागमती, नारायणी, पश्चिम राप्ती र कर्णालीमा बहाव बढ्दो रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल दुधकोसी नदीमा बहाव सतर्कता तह आसपास छ। गएराति लमजुङको बेसीसहर, सिन्धुपाल्चोकको बाह्रबिसेआसपास भारी वर्षा भएकाले सतर्क रहन तथा खोटाङ-ओखलढुंगाको दुधकोसी नदीतटीय क्षेत्रमा जलसतह सतर्कता आसपास पुगेकाले एसएमएस पठाइएको महाशाखाले जनाएको छ। 

यस्तै, आज कर्णाली, महाकाली र यसका सहायक नदी तथा नारायणीमा बहाब बढ्ने जनाइएको छ। तर बहाव सतर्कताको तहभन्दा तलै रहने महाशाखाको भनाइ छ। 

यस्तै, कमला, कन्काइ, बागमती, पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान छ। 

प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर,प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र आसपास जिल्ला भई बग्ने स–साना नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको पनि जनाइएको छ। 

प्रकाशित : २०७७ असार २५ गते १०:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI