No ads found for this position

बाढी ग्रस्त क्षेत्रमा उद्धारमा खटिन सिन्धुपाल्चोक काङ्ग्रेसलाई देउवाको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते १०:२६
No ads found for this position
No ads found for this position

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले काँग्रेस कार्यकर्तालाई तत्काल उक्त क्षेत्रमा खट्न निर्देशन दिएका हुन् । त्यसैगरी, उनले सरकारलाई छिटोभन्दा छिटो त्यसक्षेत्रमा उद्धार टोली खटाउन अनुरोध गरेका छन् ।

देउवाले भनेका छन्, ‘सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।’

प्रकाशित : २०७७ असार २५ गते १०:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI