आठ पुलिसको हत्या गरी फरार ग्याङस्टार विकास दुबे गिरफ्तार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते १४:५४

काठमाडौं । आठ पुलिसको हत्या गरी फरार ग्याङस्टार विकास दुबे गिरफ्तार भएको छ । भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी दुबे बिहीबार बिहान उज्जेनबाट गिरफ्तार भएको हो । 

महाकाल मन्दिर दर्शन गर्न गएका बेलामा दुबेलाई प्रहरीले पक्राउ गरेको हो । उत्तर प्रदेश पुलिसको टिमले उसलाई पछिल्लो ६ दिनदेखि खोजी गरिरहेको थियो । 

मन्दिरमा पुगेर विकास दुबे चिच्यायो, भन्यो – म विकास दुबे हुँ 


मन्दिरको सुरक्षा टिमले संदिग्ध मानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थाना पुलिसलाई सूचना दिएको थियो । 

भारतीय संचारमाध्यमहरुका अनुसार विकास दुबे मन्दिर पुगेर आफू विकास दुबे भएको बताउँदै चिच्याएको थियो । त्यसपछिमात्र सुरक्षाकर्मीले पक्राउ गरेको थियो । 

मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुबे पुलिस गिरफ्तारीमा रहेको बताए । उनले गिरफ्कतारी कसरी भएको भन्ने बारेमा बताउनु उपयुक्त नहुने बताएका छन् । 

दुबेलाई गिरफ्तार गर्न ३ थानाका पुलिस गत जुलाई २ तारिखमा बिकरु गाउँको दबिश गएका थिए । तर विकासको ग्याङले ८ सुरक्षाकर्मीको हत्या गरेको थियो । 

त्यसपछि निरन्तर पुलिसले खोजेको भए पनि दुबेलाई फेला पार्न सकेको थिएन । 

दुबेको नाममा ५ लाख भारु टाउकाको मोल तोकिएको थियो । 

प्रकाशित : २०७७ असार २५ गते १४:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI