भारतीय मिडियाको प्रस्तुतिप्रति नारायणकाजी आक्रामक : ‘हद भयो, बकवास बन्द गर’

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते १५:०९

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमको अनर्गल प्रचारले सीमा नाघेको टिप्पणी गर्नुभएकाे छ । प्रधानमन्त्री केपी ओलीबारे भारतीय मिडियाले अफवाह फैलाएको तर भौगोलिक अखण्डताका लागि आफूहरु एक ढिक्का रहेको उहाँले बताउनुभएकाे छ ।

‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर,  उहाँले लेख्नुभएकाे छ ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक ढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

भारतीय सञ्चारमाध्यम जिन्युजले प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर आपत्तिजनका समाग्रीहरु प्रसारण गरेका थिए ।

प्रकाशित : २०७७ असार २५ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI