लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु, ३ घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २६ गते ७:३५
सांकेतिक तस्बिर

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीसहर नगरपालिका ७ सातबीसेमा बिहीबार राति १२ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।  ‘राति घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो।

अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको थिए।’ लमजुङका प्रहरी प्रमुख गंगाबहादुर थापाले जानकारी दिए। 

घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिए। उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : २०७७ असार २६ गते ७:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI